You are viewing the translated version of कसूरदारले रकम कोषमा जम्मा गर्नु पर्ने.

Rule 21
कसूरदारले रकम कोषमा जम्मा गर्नु पर्ने
(१) कोषबाट पीडितलाई अन्तरिम क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराइएकोमा मुद्दाको फैसला हुँदा अभियोग लागेको व्यक्ति कसूरदार ठहर भएमा त्यस्तो कसूरदारले कोषबाट पीडितलाई उपलब्ध गराइएको अन्तरिम क्षतिपूर्ति वा राहत बापतको रकम पैंतीस दिनभित्र कोषमा जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कसूरदारले कोषमा रकम बुझाउन ल्याएमा जिल्ला अदालत वा सञ्चालक समितिले सो रकम कोषमा जम्मा गरी त्यसरी कोषमा बुझाउनु पर्ने रकम बुझाएको जानकारी जिल्ला अदालतको तहसिल शाखालाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कोषमा रकम बुझाउनु पर्ने दायित्व भएको कसूरदारले कोषमा रकम बुझाउन नल्याएमा जिल्ला अदालत वा सञ्चालक समितिले कसूरदारबाट कोषमा जम्मा गर्नु पर्ने रकम प्रचलित कानून बमोजिमको अवधिभित्र आवश्यक कारबाही चलाई असुल उपर गर्नु पर्नेछ ।
(४) मुद्दाको पुर्पक्षका क्रममा धरौट वा जमानत राखेको प्रतिवादीले मुद्दा फैसला हुँदा क्षतिपूर्ति वा राहत बुझाउनु पर्ने भएमा र निजले क्षतिपूर्ति वा राहत नब्ुझाएमा यस्तो धरौट जमानतको रकमबाट क्षतिपूर्ति वा राहत भराउनु पर्नेछ । यसरी क्षतिपूर्ति वा राहत बापतको रकम भराइसकेको अवस्थामा मात्र बढी भएको धरौट जमानतको रकम प्रतिवादीले अदालतको आदेश अनुसार फिर्ता पाउउ सक्नेछ ।